कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
अनलाइन तहल्का
साउन १५,सल्यान ।
सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार) निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन हुने भएको छ।
ओसिसारा स्वास्थ्य परामर्श, बुटवल र नोभा केयर फिजियोथेरापी एण्ड रिह्याब सेन्टर, लमही–५ दाङको प्राविधिक सहयोग, कोटवारा स्वास्थ्य चौकीको आयोजना तथा बागचौर नगरपालिका–७ नं. वडा कार्यालयको समन्वयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्य चौकी परिसरमा शिविर सञ्चालन गरिने भएको हो।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने, समयमै रोगको पहिचान गरी उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राज कृष्ण श्रेष्ठ, अटिजम विशेषज्ञ डा. रघुनन्दन सालाग्राम, मस्कुलोस्केलेटल फिजियोथेरापिस्ट डा. रोशन कुमार बि.क. तथा न्युरो फिजियोथेरापिस्ट डा. कमला चौधरीले विशेषज्ञ सेवा प्रदान गर्नेछन्। आवश्यक औषधि पनि निःशुल्क वितरण गरिने व्यवस्था गरिएको छ।
हाडजोर्नी, नसासम्बन्धी, मांसपेशी, पक्षघात (लकवा) तथा बालबालिकामा देखिने अटिजमसँग सम्बन्धित समस्या भएका नागरिकलाई शिविरको अवसरको लाभ लिन आयोजकले आग्रह गरेको छ।
कोटवारा स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र भण्डारीले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभएका ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताए। उनले सम्बन्धित स्वास्थ्य समस्या भएका नागरिकलाई निर्धारित मिति र समयमा उपस्थित भई विशेषज्ञको परामर्श, आवश्यक परीक्षण तथा उपचार सेवाको लाभ लिन आग्रह गरे।
"स्वस्थ शरीर, स्वस्थ मन, सुखी जीवन हाम्रो अभियान" भन्ने नारासहित सञ्चालन हुने शिविरमा सबै नागरिकलाई सहभागी हुन अनुरोध गरिएको छ।
सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु
अनलाइन तहल्का साउन ०४,सल्यान। स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः
हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण
सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद
कर्णालीमा १९२ बिरामीले पाए उपचार सहायता
अनलाइन तहल्का असार ०७,सल्यान। कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको दीर्घ तथा जटिल रोगका बिरामीलाई उपचार सहायता प्रदान गर्ने कार्यक्रम

प्रतिकृया दिनुहोस