Close This
Close This

कर्णालीमा १९२ बिरामीले पाए उपचार सहायता

अनलाइन तहल्का 
असार ०७,सल्यान।

 

कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको दीर्घ तथा जटिल रोगका बिरामीलाई उपचार सहायता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत चालु आर्थिक वर्षमा हालसम्म १९२ जना बिरामी लाभान्वित भएका छन् ।

 

स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रमका क्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीका विभिन्न जिल्लाका बिरामीले उपचार सहायता प्राप्त गरेका हुन् । प्रदेश सरकारले मुटु रोग, मिर्गौला रोग, क्यान्सर, अल्जाइमर्स, स्पाइनल इन्जुरी, एनिमिया तथा रिकेट्सजस्ता दीर्घ र जटिल रोगको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपचार गराएका बिरामीलाई सहायता दिने व्यवस्था लागू भएपछि कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । हालसम्म सेवा लिनेमा सबैभन्दा बढी सुर्खेतका १०९ जना रहेका छन् । त्यस्तै दैलेखका ४४, कालिकोटका ११, जाजरकोटका ११, हुम्लाका ७, जुम्लाका ६, सल्यानका ३ र रुकुम पश्चिमका १ जना बिरामीले सहायता पाएका छन् । डोल्पा र मुगुबाट भने हालसम्म कुनै पनि बिरामीले सेवा नलिएको निर्देशनालयले जनाएको छ ।

 

लाभग्राहीमध्ये ७९ जना महिला र ११३ जना पुरुष रहेका छन् । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई महँगो उपचार खर्च व्यवस्थापन गर्न कठिन हुने अवस्थामा सरकारी सहयोगले राहत पुगेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

 

कार्यक्रमका लागि सुरुमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर अपेक्षाभन्दा धेरै बिरामीले सेवा लिन थालेपछि थप १ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ । यससँगै कार्यक्रमको कुल बजेट २ करोड रुपैयाँ पुगेको छ ।

 

सल्यान जिल्ला अस्पतालका डा. कृष्ण डिसीले पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोग जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको बताए । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन र मानसिक तनावका कारण क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौला रोगजस्ता समस्याको जोखिम बढ्दै गएको उहाँले उल्लेख गरे ।

 

स्वास्थ्य सेवा निर्देशनालयले आगामी दिनमा कार्यक्रमबारे थप जनचेतना फैलाउँदै विशेषगरी दुर्गम जिल्लाका नागरिकसम्म यसको पहुँच विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अनलाइन तहल्का  साउन १५,सल्यान ।   सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार)  निःशुल्क विशेषज्ञ

सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु

अनलाइन तहल्का  साउन ०४,सल्यान।   स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः

हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण

सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद

↑