Close This
Close This

हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण

सल्यान, साउन १।

हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद स्मृति अस्पताललाई अत्याधुनिक पानी शुद्धिकरण मेसिन हस्तान्तरण गरेको छ।

सेराडाँडामा रहेको अस्पतालमा उपचारका लागि आउने बिरामी, सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई स्वच्छ तथा सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले बैंकले ५० लिटर प्रतिघण्टा क्षमता भएको RO+UV (SS) Water Purifier सहयोगस्वरूप उपलब्ध गराएको हो।

बैंकका अनुसार उक्त उपकरण सञ्चालनमा आएपछि अस्पतालमा सेवा लिन आउने सर्वसाधारण तथा स्वास्थ्यकर्मीले शुद्ध र सुरक्षित खानेपानीको सुविधा प्राप्त गर्नेछन्। यसले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका कर्मचारी चन्द्रप्रकाश रावतले जानकारी दिए । समुदायको स्वास्थ्य तथा जनकल्याणमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकाससँग सम्बन्धित सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीय समुदायको हित र विकासमा निरन्तर सहयोग पुर्‍याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ। अघिल्लो बर्ष बैकले स्थानीय जनता मावि रागेचाैरमा प्रोजेक्टर प्रदान गरेको थियो । 

बैंकका प्रबन्धक नविन डाँगीका अनुसार स्थानीय समुदायको आवश्यकता र जनहितलाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।

प्रतिकृया दिनुहोस

कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अनलाइन तहल्का  साउन १५,सल्यान ।   सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार)  निःशुल्क विशेषज्ञ

सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु

अनलाइन तहल्का  साउन ०४,सल्यान।   स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः

कर्णालीमा १९२ बिरामीले पाए उपचार सहायता

अनलाइन तहल्का  असार ०७,सल्यान।   कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको दीर्घ तथा जटिल रोगका बिरामीलाई उपचार सहायता प्रदान गर्ने कार्यक्रम