Close This
Close This

‘मुटुको छेउमा’ सार्वजनिक, एनिस एन्जल राई र सलिना बिकको स्वरमा नयाँ गीत

अनलाइन तहल्का 
असार २८,काठमाडौ ।

 

गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिकको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मुटुको छेउमा’ सार्वजनिक भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

प्रेम, समर्पण र भावनात्मक अनुभूतिलाई समेटिएको गीतका शब्द एनिस एन्जल राईले लेखेका हुन् भने संगीत खेम सारु मगरले दिएका छन्। गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन्।

 

गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा ज्ञानेन्द्र गिरिले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्।

 

गीतको भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा गायक एनिस एन्जल राई र मोडल मनिला रानाको अभिनय रहेको छ। भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन् भने क्यामेरा तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठले गरेका छन्।

 

प्रोडक्सन व्यवस्थापन रोगेस राना मगर र सुनिल थापा मगरले गरेका छन्। श्रृङ्गार प्रिया मगरले गरेकी छन् भने यातायात व्यवस्थापन सुजन सुवेदीले सम्हालेका छन्। भिडियोको निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ एकान्त मगरले गरेका हुन्।

 

आधुनिक प्रेमकथामा आधारित ‘मुटुको छेउमा’ ले युवा पुस्ताको भावना र अनुभूतिलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। शब्द, संगीत, स्वर र भिडियोको संयोजनका कारण गीतले नेपाली संगीतप्रेमीमाझ थप लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

 

गीत हेर्नको लागि तलको लिंक खोल्नुहोस् 

https://youtu.be/KNmy7XIL6W4?si=U23hFN8mPTGsQHas

 

प्रतिकृया दिनुहोस

भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक

अनलाइन तहल्का साउन २५, सल्यान ।   हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्। यही क्रममा

‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै

अनलाइन तहल्का  काठमाडौं, २१ श्रावण । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी

आज साउने सङ्क्रान्ति : स्नान, दान र लुतो फाल्ने परम्परासहित देशभर मनाइँदै

अनलाइन तहल्का  साउन ०१,सल्यान ।   सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक

↑