Close This
Close This

आज साउने सङ्क्रान्ति : स्नान, दान र लुतो फाल्ने परम्परासहित देशभर मनाइँदै

अनलाइन तहल्का 
साउन ०१,सल्यान ।

 

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका साथ मनाइँदैछ ।

 

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ । आजैदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन पनि सुरु हुने धार्मिक मान्यता छ । वैदिक सनातन परम्परामा माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

 

नेपालमा अधिकांश मानिस खेतीपातीमा संलग्न हुने र असार महिनाभर कृषिकर्ममा व्यस्त रहने भएकाले हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ परम्परा रहिआएको धर्मशास्त्रविद्हरू बताउँछन् ।

 

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्ने तथा अगुल्टो फाल्ने चलन रहेको छ । लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने प्रचलन पनि नेपाली समाजमा कायम छ ।

 

साउन महिनालाई भगवान् शिवको विशेष पूजा–आराधनाको महिनाका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा महिलाले हरियो चुरा र हरियो वस्त्र लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा रहेको छ ।

प्रतिकृया दिनुहोस

भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक

अनलाइन तहल्का साउन २५, सल्यान ।   हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्। यही क्रममा

‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै

अनलाइन तहल्का  काठमाडौं, २१ श्रावण । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी

‘मुटुको छेउमा’ सार्वजनिक, एनिस एन्जल राई र सलिना बिकको स्वरमा नयाँ गीत

अनलाइन तहल्का  असार २८,काठमाडौ ।   गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिकको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मुटुको छेउमा’ सार्वजनिक