Close This
Close This

भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक

अनलाइन तहल्का
साउन २५, सल्यान ।

 

हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्। यही क्रममा चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ।

 

भागिरथ चलाउने र सरिता सुनारको स्वरमा रहेको उक्त गीत हिजोमात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन्।

 

गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुराली, भोकल सम्पादन राजेन्द्र बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन्। गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो।

 

गीतको भिडियोमा भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अजय रेग्मीको टिमले गरेको हो भने लक्ष्मण चौहानले सम्पादन गरेका छन्।

 

गायक चलाउनेका यसअघि पनि थुप्रै तीज गीत सार्वजनिक भइसकेका छन्।  ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो बरिलै’, ‘मायाले त होला’ र ‘मेरा लागि मर्ने केटो मनै परेन’ लगायतका गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा र लोकप्रियता पाएका छन्।

 

चलाउनेले यस वर्ष सार्वजनिक गरेको ‘को मुर्खले लान्छ र मलाई’ गीतले पनि श्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए।

 

गीतको भिडियो हेर्नका लागी तलको लिंंक खोल्नुहोस् ।

https://youtu.be/leWOMBkJwNY?si=CYfHWFWfPe5KaRSz

 

प्रतिकृया दिनुहोस

‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै

अनलाइन तहल्का  काठमाडौं, २१ श्रावण । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी

आज साउने सङ्क्रान्ति : स्नान, दान र लुतो फाल्ने परम्परासहित देशभर मनाइँदै

अनलाइन तहल्का  साउन ०१,सल्यान ।   सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक

‘मुटुको छेउमा’ सार्वजनिक, एनिस एन्जल राई र सलिना बिकको स्वरमा नयाँ गीत

अनलाइन तहल्का  असार २८,काठमाडौ ।   गायक तथा संगीतकार एनिस एन्जल राई र गायिका सलिना बिकको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मुटुको छेउमा’ सार्वजनिक