Close This
Close This

ज्वाला विजयी बनेपछि ¥यालीमा पुगे मन्त्री ज्वाला 

सल्यान १६, मंसिर ।
सल्यानको कुमाख गाउपालिका ५ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले विजयी जुलुस निकालेको छ । 
शनिबार सम्पन्न उपनिर्वाचनमा सल्यानको कुमाख गाउपालिका ५ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी ज्वाला विजयी भएपछि नेकपाले आज विजयी जुलुस निकालेको हो ।
विजयी जुलुसमा नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता थियो । 
विजयी जुलुसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह इन्चार्ज तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहभागी भए । सो अबसरमा मन्त्री ज्वालाले सरकारले बिकास निर्माणका कामलाई तिव्रता दिएको बताएका छन । उनले सल्ली चौरजहारी सडक, थारमारे रागेचौर चौरहजारी सडक, बिद्युक्त, शिक्षा, स्वास्थ्य क्षेत्र सरकारको प्राथामिकतामा परेको बताए । 
धर्मे बुढाथोकी ज्वालाले फेसबुकमा राखिएको कभर फोटो पनि प्रकाश ज्वालासंगको राखेका छन । यसले २ ज्वालाको सामिप्यतालाइ झल्काएको छ । 
२०४९ सालमा गाविस उपाध्यक्ष लडेका धर्मे बुढाथोकी ज्वाला नामले जनयुद्धकालमा मुख्य भुमिकामा थिए उनि २०५१ सालमा जिल्ला सदस्य हुदै ग्रामिण वर्गसंघर्ष हुदै छापामार युद्ध र दिर्घकालिन जनयुद्धमा मुख्य भुमिका निभाएका नेता हुन । उनले तत्कालिन माअवादीले संचालन गरेको जिल्ला जनसरकार उपप्रमुख हुदै जनमुक्ति सेनाको बटालियन कमिसार समेत भैसकेका नेता हुन । म्याग्दी कार्वाहीमा घाइते बनेका उनले जिल्लाका घाइते तथा अपांगको नेतृत्व पनि गरिरहेका छन । 
अइतबार सम्पन्न विजय जुलुशमा अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेकपा निकट यूवा विद्यार्थी विशेष कमिटि अध्यक्ष रमेश मल्ल, जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, दार्मा गाउपालिका अध्यक्ष नीम बहादुर केसी, कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा, युवा संघका केन्द्रिय सदस्य गणेश शाही, खड्क आचार्य, मान बहादुर मल्ल लगाएतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाको केन्द्र रागेचारबाट शुरू भएको जुलुस वडा नं. ५ को केन्द्रमा पुगी सभामा परिणत भएको थियो । 
 

प्रतिकृया दिनुहोस

इच्छा राख्नु कुनै अपराध हैन अावश्यकता पुरा गर्नुपर्छः ज्वाला

अनलाइन तहल्का मंसिर २०, सल्यान । सल्यानको कुमाख ५ का वडा अध्यक्ष धर्मे बुढाथोकी ज्वाला अध्यक्ष भएपछि पहिलो पटक अन्तरवार्तामा आएका छन ।  उनले कृर्षी

नेपाली मिडियामा व्यापार र सत्ता राजनीति हावी छ

 प्रभात चलाउने, निवर्तमान अध्यक्ष, क्रान्तिकारी पत्रकार संगठन, नेपाल भर्खरै राष्ट्रिय सम्मेलन सक्नु भयो कस्तो रह्यो राष्ट्रिय सम्मेलन ? सम्मेलन