Close This
Close This

सल्यान कौछेमा १ युवाको हत्या अभियोग लागेका ११ जना पक्राउ

अनलाइन तहल्का 
बैशाख १३,सल्यान। 
सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ बाट हत्या अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले कुटपिट गरि गम्भिर घाइते बनाएका कुमाख ६ बडागाउँका २१ बर्षिय विकास ओलीको निधन भएपछि ११ जनालाई पक्राउ गरिएको हो । मंगलबार कौछेमा भएको एक विवाहको कार्यक्रममा उनिहरुले होहल्ला गरेका कारण विवाद भएको थियो । 
प्रहरीका अनुसार साँझ ६ बजे स्थानीय १८ बर्षिय भरत बुढाथोकी र मानसिह कुमाई समेत केहि युवाहरुले बिवाह घरमा पुगेर नाँचगान गर्ने क्रममा घरमा सजाईएका ध्वजापताका च्यातेका थिए । बिबाहमा आएका मानिसहरुलाई अश्लिल शब्द प्रयोग गरी होहल्ला गरेपछि मृतक बिकास वलीले सम्झाई बुझाई गर्दा अभियुक्तहरुले बादबिवाद, गालीगलौज तथा धाकधम्की समेत दिएको प्रहरीले बताएको छ ।  
उनिहरुले बिबाह घर भन्दा अन्दाजी १ कि.मी. टाढा विकास वलीसहित वडा नं. ५ का १८ बर्षिय शुसिल के.सी. र २८ बर्षिय मदन के.सी. लाई कुटपिट एंव दाउराको चिर्पटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए । 
विकास वलीको औषधी उपचारको क्रममा बुधबार बिहान ४ बजे नेपालगंञ्ज नर्सिङहोममा मृत्यु भएको थियो । पक्राउ पर्नेमा एउटै टोलका मानसिङ कुमाई, सन्तोष कुमाई, हेमन्त थापा, विमल कुमाई, हेमन्त बुढाथोकी, भरत बुढाथोकी रहेका छन । त्यस्तै टिकाराम थापा, डण्डविर कुमाई, मनविर कुमाई, लोकेन्द्र थापा र झलक कुमाईलाई पनि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 
ज्यानं सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दाको जाहेरी परेका १८ देखि २० बर्षको उमेर समूहका उनिहरुलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

श्रीनगरमा टिभिएस मेला आज देखि सुरु

अनलाइन तहल्का  भदौ ०७,सल्यान ।   सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर

सल्लाको रुख ढलेर सल्यानमा एक जनाको मृत्यु

अनलाइन तहल्का  भदौ ०७,सल्यान ।   सल्यानमा सल्लाको सुकेको रुख ढलेर एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शिवगुफास्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना