बागचौरमा नेकपाको बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
अनलाइन तहल्का
मंसिर ०४,सल्यान ।
नेपाली कम्युनिस्ट पार्टी बागचौर नगर समितिको दोस्रो पूर्ण बैठक तथा राष्ट्रिय जनजागरण अभियानअन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पार्टीको संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला तथा नगरस्तरका नेता, अगुवा कार्यकर्ता र पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
पालिका संयोजक शोभाराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कीर्तिबहादुर पुन, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लोकबहादुर डाँगी, केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज भोला केसी, केन्द्रीय सदस्य तथा पालिका सह–इन्चार्ज तिलक मल्ल तथा नेता चन्द्रबहादुर खड्का (असल) लगायतको उपस्थिति रहेको थियो।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक तथा वैचारिक विषय र आगामी कार्ययोजनाका बारेमा छलफल गरिएको थियो। साथै, राष्ट्रिय जनजागरण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने विषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा पार्टीको संगठनात्मक एकता मजबुत बनाउने, कार्यकर्ताको सक्रियता बढाउने र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रमको सञ्चालन नगर समितिका सह–संयोजक रेशम भण्डारीले गरेका थिए ।
खैराबाङ्ग मन्दिरमा ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम सम्पन्न
अनलाइन तहल्का मंसिर ०६,सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘क्लिक
सेवाग्राहीको चाप बढ्यो, जिल्ला प्रशासन कार्यालय सल्यानबाट दुई दिनमै २९४ ले लिए नयाँ नागरिकता
अनलाइन तहल्का मंसिर ३, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानमा पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। कार्यालयले आफ्नो
सल्यानमा कार्तिक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु
अनलाइन तहल्का मंंसिर ०३,सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कार्तिक महिनामा जिल्लाभर भएका प्रहरी गतिविधि तथा कार्यसम्पादनको मासिक प्रगति

प्रतिकृया दिनुहोस