Close This
Close This

खैराबाङ्ग मन्दिरमा ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम सम्पन्न

अनलाइन तहल्का
मंसिर ०६,सल्यान ।

 

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘क्लिक सल्यान’ (फोटो वाक) कार्यक्रम सम्पन्न गरेको छ ।

 

आइतबार जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल खैराबाङ्ग मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हो । समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीले सल्यानको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई तस्बिरमार्फत प्रचारप्रसार गर्दा पर्यटक आकर्षित गर्न तथा सल्यानको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग पुग्ने उनको भनाइ थियो ।

 

यस्ता सिर्जनात्मक अभियानले जिल्लाको पर्यटन विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले थालेको प्रयासको प्रशंसा गरे ।

 

समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीले सल्यानका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीयस्थलको तस्बिरमार्फत प्रचारप्रसार गरी जिल्लाको पर्यटन सम्भावना उजागर गर्ने उद्देश्यले ‘क्लिक सल्यान’ कार्यक्रम सञ्चालन गरिएको बताए । फोटो पत्रकारितामार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई चिनाउने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने समूहको लक्ष्य रहेको उनले उल्लेख गरे ।

 

कार्यक्रमका अवसरमा समूहका पदाधिकारी तथा सदस्यहरूलाई संस्थागत पहिचानका लागि टिसर्ट तथा परिचयपत्र (आईडी कार्ड) समेत वितरण गरिएको थियो ।

 

सल्यानका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले समूहले ‘क्लिक सल्यान’ कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

 

कार्यक्रममा समूहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण समूहका सहसचिव कमल धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

बागचौरमा नेकपाको बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

अनलाइन तहल्का मंसिर ०४,सल्यान ।    नेपाली कम्युनिस्ट पार्टी बागचौर नगर समितिको दोस्रो पूर्ण बैठक तथा राष्ट्रिय जनजागरण अभियानअन्तर्गत अगुवा

सेवाग्राहीको चाप बढ्यो, जिल्ला प्रशासन कार्यालय सल्यानबाट दुई दिनमै २९४ ले लिए नयाँ नागरिकता

अनलाइन तहल्का मंसिर ३, सल्यान ।  जिल्ला प्रशासन कार्यालय सल्यानमा पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। कार्यालयले आफ्नो

सल्यानमा कार्तिक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु

अनलाइन तहल्का मंंसिर ०३,सल्यान ।   जिल्ला प्रहरी कार्यालय सल्यानले कार्तिक महिनामा जिल्लाभर भएका प्रहरी गतिविधि तथा कार्यसम्पादनको मासिक प्रगति

↑