सेवाग्राहीको चाप बढ्यो, जिल्ला प्रशासन कार्यालय सल्यानबाट दुई दिनमै २९४ ले लिए नयाँ नागरिकता
अनलाइन तहल्का
मंसिर ३, सल्यान ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार दुई दिनमै २९४ जनाले नयाँ नागरिकता लिएका छन् भने १७३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
कार्यालयको तथ्यांकअनुसार बुधबार एकैदिन ११९ जनाले नयाँ नागरिकता लिएका थिए। विहिबार यो संख्या बढेर १७५ पुगेको छ। यसरी एकैदिनमै नयाँ नागरिकता लिनेको संख्या ५६ ले बढेको देखिन्छ।
नागरिकतासँगै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा पनि सेवाग्राहीको चाप बढेको छ। अघिल्लो दिन १०१ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएकोमा विहिबार १८९ जनाको विवरण दर्ता गरिएको छ। दुई दिनमा कुल २९० जनाको विवरण दर्ता भएको छ।
त्यस्तै, दुई दिनमा ४० वटा राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ भने १६ जनाको विवरण अध्यावधिक, ११२ जनाको इन्क्वाइरी र ९२ जनाको मोबाइल नम्बर परिवर्तन गरिएको छ। कार्यालयबाटै दुई दिनमा १३० जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी अनलाइन फारम भरिएको छ।
राहदानीसम्बन्धी सेवामा पनि उल्लेख्य चाप देखिएको छ। बुधबार ८३ जनालाई राहदानी बनाउन सिफारिस गरिएकोमा विहिबार ८१ जनालाई सिफारिस गरिएको छ। दुई दिनमा १२६ वटा राहदानी कार्ड वितरण गरिएको छ भने कार्यालयबाटै १२५ जनाको राहदानीसम्बन्धी अनलाइन फारम भरिएको छ। यसैगरी, दुई दिनमा ५० वटा विविध प्रशासनिक सिफारिस तथा प्रमाणितसम्बन्धी काम सम्पन्न भएका छन्।
चाडपर्वका कारण लामो समय सार्वजनिक बिदा भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको देखिन्छ। दसैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्ला बाहिर रहेका नागरिकहरू गाउँ फर्किएका बेला नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीलगायतका सरकारी सेवा लिने क्रम बढेको हो।
चाडपर्वको बिदा सकिएसँगै अध्ययन, रोजगारी तथा अन्य कामका लागि सहर फर्किनुपर्ने र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरूले पनि यही समय आवश्यक कागजात बनाउन तथा अद्यावधिक गर्न थालेपछि कार्यालयमा सेवाग्राहीको भीड बढेको छ।
विशेषगरी अघिल्लो दिनको तुलनामा विहिबार नयाँ नागरिकता लिनेको संख्या ४७ प्रतिशतभन्दा बढीले बढेको छ भने राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्नेको संख्या झन्डै दोब्बर पुगेको छ।
पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयमा बिहानैदेखि रातिसम्म सेवा प्रवाह भइरहेको छ। सेवाग्राहीलाई लामो समय कुर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कर्मचारीहरूले अतिरिक्त समय खटिएर सेवा दिइरहेका छन्।
खैराबाङ्ग मन्दिरमा ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम सम्पन्न
अनलाइन तहल्का मंसिर ०६,सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘क्लिक
बागचौरमा नेकपाको बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
अनलाइन तहल्का मंसिर ०४,सल्यान । नेपाली कम्युनिस्ट पार्टी बागचौर नगर समितिको दोस्रो पूर्ण बैठक तथा राष्ट्रिय जनजागरण अभियानअन्तर्गत अगुवा
सल्यानमा कार्तिक महिनामा १७ सवारी दुर्घटना, ५ जनाको मृत्यु
अनलाइन तहल्का मंंसिर ०३,सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कार्तिक महिनामा जिल्लाभर भएका प्रहरी गतिविधि तथा कार्यसम्पादनको मासिक प्रगति

प्रतिकृया दिनुहोस