Close This
Close This

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक अनावरण

अनलाइन तहल्का
मंसिर ०२, सल्यान ।

 

पञ्चायतकालका अन्तिम प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक सल्यानमा अनावरण गरिएको छ। शारदा नगरपालिका-१ श्रीनगरस्थित रुकुम तथा खलंगा जाने चोकमा निर्माण गरिएको शालिक स्थानीय युवाहरूको पहलमा अनावरण गरिएको हो।

 

श्रेष्ठको सम्मान तथा उनको राजनीतिक योगदान र इतिहासलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले शालिक निर्माण गरिएको मरिचमान सिंह श्रेष्ठ फाउन्डेसनका सचिव सुदर्शन बुढाथोकीले जानकारी दिए ।

 

वि.सं. १९९७ कात्तिक १७ गते सल्यानको खलंगामा जन्मिएका श्रेष्ठ नेपालको २७औँ प्रधानमन्त्री भएका थिए। उनले वि.सं. २०४३ देखि २०४६ सालसम्म सरकारको नेतृत्व गरेका थिए । २०४६ सालको जनआन्दोलन चर्किएपछि चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

श्रेष्ठ प्रधानमन्त्री रहँदा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो। त्यस समयमा वैकल्पिक आपूर्ति व्यवस्थाका लागि सरकारले गरेको प्रयासलाई उहाँका समर्थकहरूले राष्ट्रिय स्वाधीनता र स्वाभिमानसँग जोडेर स्मरण गर्ने गरेका छन्।

 

स्थानीय युवाहरूको पहलमा श्रीनगरको महत्वपूर्ण चोकमा निर्माण गरिएको शालिकले सल्यानको ऐतिहासिक पहिचान र राष्ट्रिय राजनीतिमा जिल्लाको योगदानलाई थप उजागर गर्ने विश्वास गरिएको सचिव बुढाथोकीले बताए ।

 

शालिक निर्माणसँगै श्रेष्ठको राजनीतिक जीवन, योगदान र इतिहासको संरक्षण तथा प्रचारप्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

खैराबाङ्ग मन्दिरमा ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम सम्पन्न

अनलाइन तहल्का मंसिर ०६,सल्यान ।   राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘क्लिक

बागचौरमा नेकपाको बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

अनलाइन तहल्का मंसिर ०४,सल्यान ।    नेपाली कम्युनिस्ट पार्टी बागचौर नगर समितिको दोस्रो पूर्ण बैठक तथा राष्ट्रिय जनजागरण अभियानअन्तर्गत अगुवा

सेवाग्राहीको चाप बढ्यो, जिल्ला प्रशासन कार्यालय सल्यानबाट दुई दिनमै २९४ ले लिए नयाँ नागरिकता

अनलाइन तहल्का मंसिर ३, सल्यान ।  जिल्ला प्रशासन कार्यालय सल्यानमा पछिल्ला दिनहरूमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। कार्यालयले आफ्नो

↑