सल्यानका वियोगले पाए भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड
अनलाइन तहल्का
बैशाख २३ सल्यान ।
सल्यान दार्मा गाउँपालिका ३ धुल्खर्कका सर्जक पुरन वियोगले भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड प्राप्त गर्न सफल भएका छन् । २०६७ साल बाट साहित्य आरम्भ गरेका वियोग संग गित गजल र मुक्तक लेखनमा निकै रुची रहेको छ । सान्त स्वाभाव र मिठो बोलिका कारण सबैको आत्मीय बनेका वियोग को नेतृत्व क्षमता पनि राम्रो रहेको छ ।
बिभिन्न साहित्यिक समुहमा रहेर साहित्य सेवा गर्दै आएका वियोगले परिवर्तन सर्गम साहित्य प्रतिष्ठान नेपाल २०७२ मा उत्कृष्ट श्रष्टा सम्मान हासिल गरेका थिए । बनावटी माया ( गीति एल्बम २०७१ ) सार्बजनिक संगै चर्चा कमाएका वियोगको समर्पण गजल पत्रिका र संयुक्त गजल सङ्ग्रह शुभारम्भ २०७२ र परदेशी २०७३ मा गजल प्रकाशित छन । चुकुप्रकाश बृहत मुक्तक दोहोरी ( संबिधान बिशेष ) मा प्रमुख भूमिकामा रही तात्कालिन समयमा १५० मुक्तक संकलन गर्न सफल वियोगले सम्मान पत्र हात पारेका थिए । लोक दोहोरी एल्बम ( किन माया लायौ ) आधुनिक एल्बम बियोग लगाएत बेदना ( गजल सङ्ग्रह ),बनावटी माया (मुक्तक दोहोरी सङ्ग्रह) प्रकाशन तयारीमा छन् । भने भर्खरै भारतको चण्डीगढमा आयोजना भएको भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ मा लोकदोहोरी एल्बम ( रोए जब म ) गितबाट सर्वोत्कृष्ट गितकारको अवार्ड हात पार्न सफल भएका छन । अवार्ड पाउन सफल गित ( रोए जब म) , पुरन वियोगको शब्दमा तेजेन्द्र विवसको संगित तेजेन्द्र बिबसकै साथमा लोकप्रिय लोकदोहोरी गायिका पुर्णकला बि:सीको स्वर रहेको छ, भने मोडल रुपा कंडेल र तेजेन्द्र बिबसको अभिनय रहेको छ ।
संयोगबस , गितकार बियोगले सोही गितकी गायिका पुर्णकला बि:सीको हातबाट अवार्ड पाएका हुन । पुरन वियोग , परदेशी साहित्य समाज भारत का अध्यक्ष पनि हुन , बियोग २०७१ साल देखि उक्त सस्थामा आवद्ध छन भने , गोवामा बसेर बिगत २ बर्ष देखि , गोवा नेपाल कम्युनिकेशन प्रास्ली द्वारा संञ्चालित , पिबि मनि ट्रान्सफर र गोवा नेपाली टि:भी सञ्चालन गर्दै आएका छन ।
इजरायल आक्रमणमा सल्यानका ३ जना परे, एक विद्यार्थीको मृत्यु
अनलाइन तहल्का असोज २१ सल्यान प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा सल्यानका ३ जना परेका छन् । कम्तिमा १० जना
सचेत रहनुहोस ! कोरोना संसारमा सँधै रहिरहन सक्छ' : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) हाल महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारमा सँधैका लागि रहिरहन सक्ने उल्लेख गरेको छ। संगठनका
अस्पतालमा सुत्केरी र नवजात शिशुसहित २४ जनाको हत्या
अनलाइन तहल्का जेठ १, काठमान्डाैं । अफगानिस्तानको राजधानी काबुलस्थित एक प्रसुती अस्पतालमा आतंकवादी हमला हुँदा सुत्केरी आमा र नवजात शिशुसहित २४

प्रतिकृया दिनुहोस