Close This
Close This

सल्यानमा पहिलोपटक पानी सम्मेलनः सुरक्षित  खानेपानी सुनिश्चिततामा जोड

सल्यान, असार १४ 

सल्यानमा पहिलोपटक खानेपानी सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले खानेपानी  सुनिश्चितताकाे लागि पहिलो एजेन्डाका रुपमा जाेड दिएको छ।


"सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी" भन्ने मूल नाराका साथ छत्रेश्वरी गाउँपालिकाको वास (WASH) इकाइको आयोजनामा छत्रेश्वरी गाउँपालिका–६ स्थित शंखपार्कमा पहिलोपटक पानी सम्मेलन सुरक्षित खानेपानी सुनिश्चितताकाे एजेन्डा पारित गर्दै सम्पन्न भएको  हाे

सम्मेलनले सहभागीलाई सहज सम्मेलनमा सहभागीताकाे लागि शंङ्क पार्कमा पानीका कुडा अर्थात ‘पानीका कुरा’ (Water Conference) कार्यक्रमबाट पालिकाका ७ वटै वडाका ८२ वटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाइ सम्मेलनमा सुरक्षित  खानेपानी सुनिश्चितताकाे लागि पानीका कुरा मार्फत खानेपानीमा भएको  समस्या,चुनाैती,र स्थानीय सरकारबाट भएको  पहल बारे  सरकार र उपभोक्ता बीच पानी  "विशेषज्ञ समूह छलफल" गरिएको थियाे।
 
छलफलमा  उपभोक्ता  समितिबाट उठेका जिज्ञासा,गुनासा, सल्लाह,सुझाव र सरकार र वास संग जाेडिएका प्रश्नकाे जवाफ पालिका अध्यक्ष,ओेजबहादुर बुढाथोकी,उपाध्यक्ष बुद्धा कुमारी खत्री,प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी ,वास सहायता बिज्ञ इन्द्रराज बडु, वास सल्लाहकार गुम्म नेपाली, वास इकाई प्रमुख दिपेन्द्र शाहीले  दिनुभएको थियोे ।


कार्यक्रममा विशेषज्ञ समूह छलफल पछि  सेवा सहायता केन्द्रका विज्ञ इन्द्रराज बडु, वास सल्लाहकार गुम्म नेपाली  खानेपानी उपभोक्ता समितिको भूमिका, दिगो व्यवस्थापन, सुरक्षित खानेपानी र सरसफाइका विषयमा अभिमुखिकरण गर्नुभएको थियोे ।

छत्रेश्वरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढाको अध्यक्षता पत्रकार महासंघ जिल्ला शाखा सल्यान अध्यक्ष डिल्ली राज रावतले सहजीकरण गर्नुभएको  कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री तथा प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले गाउँपालिकाले खानेपानी तथा सरसफाइ क्षेत्रमा हालसम्म गरेका लगानी, उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।


कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको  कार्यक्रममाबाट सम्मेलनले घाेषणापत्रमा जारी गर्दै सम्पन्न भएको हाे .

प्रतिकृया दिनुहोस

सल्यानको कुमाखमा युरिया मलको अभाव, किसान महँगो मूल्यमा किन्न बाध्य

अनलाइन तहल्का सल्यान, साउन १२।  सल्यानको कुमाख गाउँपालिकामा युरिया मलको अभाव भएपछि किसानहरू महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएको गुनासो उठेको

सल्यानमा खाना पकाउने ग्यास अभाव भएपछि प्रशासनमा बैठक, यस्ता छन निर्णय

अनलाइन तहल्का  सल्यान, श्रावण ११।  सल्यानमा खाना पकाउने ग्यासको सहज आपूर्ति र व्यवस्थित वितरण सुनिश्चित गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको

विकासको यात्रातर्फ सल्यानको कालिमाटी, आगामी बर्ष साढे ५३ करोड बजेट

अनलाइन तहल्का  सल्यान, २२ असार । एक समय जिल्लाकै विकट र पिछडिएको क्षेत्रको रुपमा चिनिने सल्यानको कालिमाटी गाउँपालिकाले विविध क्षेत्रमा विकासको