सल्यानमा खाना पकाउने ग्यास अभाव भएपछि प्रशासनमा बैठक, यस्ता छन निर्णय
अनलाइन तहल्का
सल्यान, श्रावण ११।
सल्यानमा खाना पकाउने ग्यासको सहज आपूर्ति र व्यवस्थित वितरण सुनिश्चित गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा पेट्रोलियम पदार्थ र ग्यासको सहज आपूर्ति तथा वितरणका लागि विभिन्न निर्णय गरेको छ।
निर्णयअनुसार विश्व बजारमा देखिएको आपूर्ति अवस्थालाई मध्यनजर गर्दै सल्यानका ग्यास डिलरहरूले आवश्यक प्रक्रिया अपनाई जिल्लामा ग्यासको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउने भएका छन्।
त्यसैगरी, ग्यास सिलिन्डर अनलोड गर्दा राति ८ बजेदेखि बिहान ४ बजेसम्म अनलोड नगर्ने निर्णय गरिएको छ।
यस्तै, डिष्ट्रिब्युटरमा आएको ग्यास वितरण गर्दा व्यक्तिगत, घरायसी तथा व्यवसायिक प्रयोजनका लागि छुट्टाछुट्टै अभिलेख (रेकर्ड) राखी सबै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण सिर्जना गर्ने निर्णय गरिएको छ।
बैठकले सल्यानमा आपूर्ति हुँदै आएका मनकामना र राप्ती ग्यासको आपूर्तिमा कुनै असहजता देखिएमा अन्य कम्पनी तथा डिलरसँग समन्वय गरी व्यवसायीहरूले आवश्यक आपूर्तिको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।
बैठकका निर्णयहरू कार्यान्वयन गर्दै जिल्लामा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति नियमित र सहज बनाउन सबै पक्षले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा प्रहरी प्रमुख तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख, पत्रकारहरू, उद्योगी र व्यवसायी, सामाजिक संस्थाका प्रतिनिधि, ग्यास डिलर, डिष्ट्रिब्युटर तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।
सल्यानको कुमाखमा युरिया मलको अभाव, किसान महँगो मूल्यमा किन्न बाध्य
अनलाइन तहल्का सल्यान, साउन १२। सल्यानको कुमाख गाउँपालिकामा युरिया मलको अभाव भएपछि किसानहरू महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएको गुनासो उठेको
विकासको यात्रातर्फ सल्यानको कालिमाटी, आगामी बर्ष साढे ५३ करोड बजेट
अनलाइन तहल्का सल्यान, २२ असार । एक समय जिल्लाकै विकट र पिछडिएको क्षेत्रको रुपमा चिनिने सल्यानको कालिमाटी गाउँपालिकाले विविध क्षेत्रमा विकासको
सल्यानमा पहिलोपटक पानी सम्मेलनः सुरक्षित खानेपानी सुनिश्चिततामा जोड
सल्यान, असार १४ सल्यानमा पहिलोपटक खानेपानी सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले खानेपानी सुनिश्चितताकाे लागि पहिलो एजेन्डाका रुपमा जाेड दिएको

प्रतिकृया दिनुहोस