सल्यानमा जेसिजको दशै मिलन कार्यक्रम सम्पन्न
अनलाइन तहल्का
असोज २१, सल्यान ।
जेसिज सल्यानले दशै मिलन शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सल्यानको श्रीनगरमा भएको दशै मिलन कार्यक्रममा सहभागीहरूले कोभिडका कारण योजनाअनुसार काम गर्न नसकेपनि नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा धेरै काम भएको बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष घनश्याम अधिकारीले १८ देखि ४० बर्षका युवाहरूलाई समेटेको जेसिजले नेतृत्व तथा व्यक्तित्व विकासमा भुमिका खेल्दै समाजमा नेतृत्व लिने युवाको विकास गर्ने बताए ।

उनले सिक्दै, रमाउदै कोभिडका समयमा जुम ट्रेनिङ गरेर विभिन्न तालिम गरेर भएपनि संस्थालाई जिवन्तता दिएको बताए ।
त्यस्तै कार्यक्रममा अध्यक्ष तथा जेसिज बर्ष २०२१ का अध्यक्ष मोहन सारूले आफ्नो कार्यकालमा कोभिड महामारी भएको र अब आउने बर्ष २०२२ को अध्यक्ष हाक्नका लागि क्रियाशिल व्यक्ति चाहिएको बताए । सदस्यको हरेक सफलताको लागि जेसिसले साथ दिने बताएका उनले सल्यान शाखाले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको बताए ।
कार्यक्रम संचालनका क्रममा महासचिव दिपक बोहराले कोभिडका बेला अक्सिजन अभावका समयमा अक्सिजन सिलिन्डर वितरण जनचेतनामुलक सदेश प्रकाशन, प्रशारण जस्ता सामाजिक कामले जेसिजको गरिमालाई उचो बनाएको बताए ।

अशोक कुमार बोहराको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा तालिम प्रशिक्षक डम्बर केसी, पत्रकार डिल्लीराज रावत, उद्योग वाणिज्यसंघका सदस्य निरज सिंङले मन्तव्य राखेका थिए भने सहभागी सबैले शुभकामना आदान प्रदान गरेका थिए ।
भोली मंगलबार सार्वजनिक बिदा
अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक
अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा
बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक
जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने संख्या पाँच पुग्यो
अनलाइन तहल्का पौष १३, रौतहट रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय

प्रतिकृया दिनुहोस