रुकुम चौरजहारीमा अटो रिक्साको मनमर्जी भाडा असुली
अनलाइन तहल्का
कात्तिक १, रुकुम
पश्चिम् रुकुमको चौरजहारी नगरपालिकाबाट चल्ने अटो रिक्साहरुले आफ्नो मनमर्जी तरिकाले भाडा लिने गरेको स्थानीयले बताएका छन ।
चौरजहारी बाट छुट्ने अटोहरु प्राय जस्तो सल्यानको कालागाउँ, बाल्ले, लगायत विभिन्न गाउँठाउँमा छुट्ने भएको हुँदा चालक संग न त लाइसेन्स नै हुन्छ न त कुनै अटो समितिले जारी गरेको भाडा दर नै ।
आफ्नो मनमानी तरिकाले यात्रु बोक्ने अटो रिक्साहरुले यिनै कुराको फाइदा उठाउनुको साथै ५ किलोमीटरको दुरिमा रु १५ सय देखि २५ सय सम्म भाडा लिने गरेकाछन ।
गाउँघरमा कोहि पनि दुखी बिरामी हुँदा र कामको सिलसिलामा बजार आउने जाने क्रममा अटो रिक्सा नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको हुँदा आफुहरुले नचाहेर भएपनी अटो रिक्सालाई चर्को भाडा तिर्नु पर्ने रहेको स्थानीयहरु बताउँछन् ।
गाउँघरका सोझा साझा जनता ठग्ने अटो चालकहरूमाथी ट्राफिक प्रहरी र नगरपालिकाले ध्यान दिएका छैनन ।
भोली मंगलबार सार्वजनिक बिदा
अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक
अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा
बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक
जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने संख्या पाँच पुग्यो
अनलाइन तहल्का पौष १३, रौतहट रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय

प्रतिकृया दिनुहोस