सल्यानलाई पूर्ण विद्युतिकरण बनाउन कार्यकारी निर्देशक र आयोजनाका प्रमुख भेटघाट
अनलाइन तहल्का,
काठमाडौँ कात्तिक २०
सल्यान जिल्लालाई पूर्ण विद्युतिकरणको लक्ष्यतर्फ अघि बढाउने अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर पहल जारी छ।
यसै क्रममा कर्णाली प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री भिमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सल्यान जिल्ला इन्चार्ज कमरेड किर्तिबहादुर पुन (प्रकाण्ड), नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर कार्यकारी निर्देशक मनोज सिलवाल तथा कर्णाली विद्युत विस्तार आयोजनाका प्रमुख विमल रावतसँग विस्तृत र गम्भीर छलफल गरेका छन्।
उक्त छलफलमा हालसम्म सल्यानमा विद्युतिकरणको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बाँकी रहेका काम छिटो सम्पन्न गर्न आवश्यक कदमबारे विस्तृत विमर्श गरिएको नेता रमेश मल्लले जानकारी दिएका छन ।
हाल नेपाल विद्युत प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सल्यानका विभिन्न ठाउँमा विद्युत विस्तारको काम तीव्र रूपमा भइरहेको छ। एसियाली पूर्वाधार बैंक को सहयोगमा कालिमाटी र बनगाड कुपिण्डे नगरपालिकाका केही क्षेत्रमा विद्युतिकरण भइरहेको छ भने कर्णाली प्रदेश कार्यालयको मातहत अन्य आठवटा पालिकामा समेत काम अघि बढिरहेको जनाइएको छ।
छलफलका क्रममा निर्माण कम्पनीहरूलाई जिम्मेवार बनाई बाँकी काम छिटो सम्पन्न गर्न निर्देशनात्मक ध्यानाकर्षण गरिएको थियो।
पूर्ण विद्युतिकरणका बाँकी कार्य पूरा गर्नका लागि ‘कर्णाली विद्युत विस्तार आयोजना’ स्थापना गरिएको छ, जसले एशियाली विकास बैंक को सहयोगमा सल्यानका सबै पालिकामा विद्युत पहुँच विस्तार गर्ने जिम्मेवारी लिएको छ।
नेतृत्व टोलीले सम्बन्धित निकायहरूलाई टेन्डर प्रक्रिया छिटो अघि बढाई काम सुरु गर्न आग्रह गर्दै, यस पहलले सल्यानलाई छिट्टै पूर्णरूपमा उज्यालो जिल्ला बनाउने अभियानलाई ठोस गति प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
कपुरकोटमा जलवायुमैत्री कृषि तालिम सुरु, गड्यौलाबाट मल उत्पादन गर्न कृषकलाई प्रशिक्षण
अनलाइन तहल्का असार ०४ सल्यान । जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच कृषकलाई जलवायुमैत्री कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले
कुमाखमा ३ दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम
अनलाइन तहल्का जेठ २८,सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ रागेचौरमा तीन दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम
सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
अनलाइन तहल्का चैत्र २२, सल्यान । सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक

प्रतिकृया दिनुहोस