Close This
Close This

सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनलाइन तहल्का
चैत्र २२, सल्यान ।

 

सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक कार्यालय सल्यानको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त कार्यक्रम आइतवार सम्पन्न भएको हो।

 

कार्यक्रममा सहभागी सरोकारवालाहरूले सुशासन र पारदर्शिता प्रवर्द्धन गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका थिए। उनीहरूले नागरिकलाई समयमै र सहज रूपमा सूचना उपलब्ध गराउनु राज्यका निकायहरूको मुख्य दायित्व भएको धारणा राखेका थिए ।

 

कार्यक्रममा जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मीले सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान, सूचना प्रयोग गर्ने विधि, सूचना प्राप्त गर्ने प्रक्रिया तथा सार्वजनिक निकायको दायित्वबारे विस्तृत जानकारी गराएका थिए।

 

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले सूचनाको हक प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यसलाई सानो विषय ठानिए पनि अत्यन्त शक्तिशाली अधिकार भएको बताए। उनले नागरिकले सहज रूपमा सूचना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न सबै निकायले जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

 

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

कपुरकोटमा जलवायुमैत्री कृषि तालिम सुरु, गड्यौलाबाट मल उत्पादन गर्न कृषकलाई प्रशिक्षण

अनलाइन तहल्का  असार ०४ सल्यान ।   जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच कृषकलाई जलवायुमैत्री कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले

कुमाखमा ३ दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम

अनलाइन तहल्का  जेठ २८,सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ रागेचौरमा तीन दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम

सल्यानलाई पूर्ण विद्युतिकरण बनाउन कार्यकारी निर्देशक र आयोजनाका प्रमुख भेटघाट

अनलाइन तहल्का,  काठमाडौँ  कात्तिक २० सल्यान जिल्लालाई पूर्ण विद्युतिकरणको लक्ष्यतर्फ अघि बढाउने अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने