Close This
Close This

कुमाखमा ३ दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम


अनलाइन तहल्का 
जेठ २८,सल्यान ।

सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ रागेचौरमा तीन दिने कृषि सशक्तिकरण तथा अर्गानिक उत्पादन प्रवर्द्धन तालिम कार्यक्रम सुरु भएको छ।

ग्रिन नेपाल मल्टिप्रपोज प्रा.लि. को आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम ग्रिन नेपाल मल्टिप्रपोज प्रा.लि.का सञ्चालक खेम डिसी को अध्यक्षता रहेको थियो । कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सल्यान का प्रमुख अनिल बानियाँ ले अर्गानिक कृषि प्रणाली, रासायनिक मल तथा विषादीको असर, अर्गानिक खेतीका फाइदा, माटो परीक्षण तथा व्यवस्थापन, कम्पोष्ट मल र गँड्यौलामल बनाउने विधि, जैविक विषादी तथा झोलमल तयारी, रोग तथा कीरा व्यवस्थापन, सिँचाइ तथा खेतबारी व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी ले गाउँपालिकाले कृषि तथा सीपमूलक क्षेत्रमा विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस तालिमबाट सहभागीहरूले व्यवहारिक ज्ञान हासिल गरी कृषि उत्पादन वृद्धि गर्न सक्ने विश्वास व्यक्त गरे। उनले विगतमा महिलाहरूका लागि सिलाइकटाइ लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको समेत जानकारी दिए।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष लालबहादुर रावत ले प्रशिक्षकबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै सिकेको कुरा व्यवहारमा लागू गर्न नसके तालिमको उद्देश्य पूरा नहुने बताए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपाल खड्का ले सहभागीहरूको उत्साहजनक उपस्थितिले आफूलाई खुसी बनाएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो खेतबारीमा प्रयोग गरी उत्पादनम वृद्धि गर्न आग्रह गरे ।

राष्ट्रिय कृषि परियोजना कार्यान्वयन इकाई सञ्चालक समिति अध्यक्ष मेघराज शाह को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जनता माध्यमिक विद्यालयकी कृषि प्राविधिक शिक्षिका शर्मिला केसी ले गरेकी थिइन्।

आयोजकका अनुसार तालिमको दोस्रो दिन राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका प्रमुख डा.घनश्याम भण्डारी तेस्रो दिन वनस्पति अनुसन्धान केन्द्रका प्रमुख  डा. मित्रलाल पाठले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कपुरकोटमा जलवायुमैत्री कृषि तालिम सुरु, गड्यौलाबाट मल उत्पादन गर्न कृषकलाई प्रशिक्षण

अनलाइन तहल्का  असार ०४ सल्यान ।   जलवायु परिवर्तनको बढ्दो प्रभावका बीच कृषकलाई जलवायुमैत्री कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले

सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनलाइन तहल्का चैत्र २२, सल्यान ।   सल्यानमा सूचनाको हक कार्यान्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक

सल्यानलाई पूर्ण विद्युतिकरण बनाउन कार्यकारी निर्देशक र आयोजनाका प्रमुख भेटघाट

अनलाइन तहल्का,  काठमाडौँ  कात्तिक २० सल्यान जिल्लालाई पूर्ण विद्युतिकरणको लक्ष्यतर्फ अघि बढाउने अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने