एक हजार २६३ बालबालिकाले सबै खोप पाएपछी दिगोपना घोषणा
अनलाइन तहल्का
जेठ १९,सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । पालिकाभित्रका एक हजार २६३ जना लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लाको पाँचौँ पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति र गाउँपालिका खोप समन्वय समितिको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा तथा प्रमाणीकरण गरे ।
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका २४ वटा खोप केन्द्रमार्फत ० देखि १५ महिनासम्मका ३७१ जना र १६ देखि ५९ महिनासम्मका ८९० जना गरी एक हजार २६१ बालबालिकाले नियमित खोप प्राप्त गरेका थिए । खोज तथा खोप अभियान मार्फत छुटेका थप दुई बालबालिकालाई खोप लगाएपछि जम्मा एक हजार २६३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रावलले पूर्णखोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई दीगो बनाउन सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताए । यस्तै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले पालिकाभित्र कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिहरूले समन्वयात्मक रूपमा काम गरेको बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डा. अर्जुनकुमार बुढा मगरले खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम भएकाले यसको प्रभावकारी कार्यान्वयनमा सबै स्वास्थ्यकर्मी संवेदनशील हुनुपर्ने बताए । उनले सेवा प्रवाहसँगै अभिलेखीकरण र प्रतिवेदन प्रणालीलाई पनि थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, वडा अध्यक्षहरु, स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजाल लगायतले प्रत्येक बालबालिकाले गुणस्तरीय खोप पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नपर्ने वातावरण निर्माण गर्न स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना रणनीति, प्रमाणीकरण प्रक्रिया तथा खोप कार्यक्रमको प्रगति सम्बन्धी प्रस्तुति समेत गरिएको थियो । यस्तै राष्ट्रिय स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ अनुसार अझै २० प्रतिशत बालबालिका पूर्णखोपको दायरामा आउन नसकेको, १६ प्रतिशतले आंशिक खोप मात्र प्राप्त गरेको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
खोपको पहुँचभन्दा बाहिर रहेका ती चार प्रतिशत बालबालिकामध्ये एक जना पनि सल्यान जिल्ला वा छत्रेश्वरी गाउँपालिकाभित्र नपरोस् भन्ने लक्ष्यका साथ स्वास्थ्यकर्मी, खोपकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायले थप जिम्मेवार र सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
अनलाइन तहल्का साउन १५,सल्यान । सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार) निःशुल्क विशेषज्ञ
सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु
अनलाइन तहल्का साउन ०४,सल्यान। स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः
हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण
सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद

प्रतिकृया दिनुहोस