Close This
Close This

शारदा–१५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५७ जनाले लिए सेवा

अनलाइन तहल्का 
जेठ २३,सल्यान ।

 

शारदा नगरपालिकासँगको समन्वय, शारदा नगरपालिका–१५ नम्बर वडा कार्यालयको सहजीकरण तथा संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि अन्तर्गत संजीवनी अस्पताल, नेपालगञ्ज बाँकेको आयोजनामा शारदा नगरपालिका–१५ माल्नेटामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

त्रिभुवन जन माध्यमिक विद्यालय माल्नेटामा आयोजित शिविरबाट ३५७ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा हाडजोर्नी तथा नसारोग, जनरल फिजिसियन, महिला तथा प्रसूति रोग, दाँत तथा मुख रोग, मुटुरोग, नाक, कान तथा घाँटी रोग सम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो।

 

स्थानीय नागरिकलाई सहज रूपमा शिविरस्थलसम्म पुग्न र फर्किन सहयोग पुर्‍याउने उद्देश्यले शारदा नगरपालिकाले निःशुल्क नगरबस सेवा समेत उपलब्ध गराएको थियो।

 

वडा अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले गरेकी थिइन् ।

 

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, प्रशासन अधिकृत रविन बुढा, संजीवनी अस्पतालका प्रशासकीय अधिकृत याम खड्का, विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

स्वास्थ्य शिविरले नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अनलाइन तहल्का  साउन १५,सल्यान ।   सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार)  निःशुल्क विशेषज्ञ

सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु

अनलाइन तहल्का  साउन ०४,सल्यान।   स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः

हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण

सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद