Close This
Close This

सल्यान कर्णालीकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

अनलाइन तहल्का 
असार ०३,सल्यान ।

 

सल्यान जिल्ला कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा तथा प्रमाणीकरण भएको छ। बुधबार  स्वास्थ्य सेवा कार्यालय सल्यानको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

 

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक बेलाराम रावलको अध्यक्षता तथा प्रदेश पूर्ण खोप समन्वय समितिका सदस्य एवं प्रदेश खोप फोकल पर्सन ओमप्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर रहेका २ हजार १ सय ८८ खोप केन्द्रमार्फत ० देखि १५ महिनासम्मका ३ हजार ९ सय २४ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। त्यस्तै १६ देखि ५९ महिनासम्मका ९ हजार ३ सय १ बालबालिकाले पनि पूर्ण खोप सेवा लिएका छन्। यसरी जिल्लाका कुल १३ हजार २ सय २५ बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप प्राप्त गरेको सुनिश्चित भएपछि सल्यानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

 

कार्यक्रमको उद्घाटन जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक बेलाराम रावलले दीप प्रज्वलन तथा ब्यानर पढेर गरेका थिए ।  कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन ताराप्रसाद रिजालले जिल्लाको खोप कार्यक्रम, उपलब्धि, खोप पहुँच, ड्रपआउट दर तथा खोप खेर जाने अवस्थाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव डा. अर्जुनकुमार बुढाले ग्रामीण क्षेत्रमा खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखा प्रमुखहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति र भौतिक संरचनाको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा थप बजेट प्राप्त हुने अपेक्षा व्यक्त गरे।

 

प्रदेश खोप फोकल पर्सन ओमप्रकाश पौडेलले सल्यानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला भएको प्रमाणपत्र हस्तान्तरण गर्दै खोप कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले लक्षित उमेर समूहका सबै बालबालिकाले समयमै गुणस्तरीय खोप पाउनु नैसर्गिक अधिकार भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई थप जिम्मेवार बन्न आग्रह गरे।

 

कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, जिल्ला पूर्ण खोप समन्वय समितिका उपसंयोजक असबिर बुढाथोकी तथा पत्रकार बुद्धि पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको समापन गर्दै अध्यक्ष बेलाराम रावलले सल्यान लगातार दोस्रो वर्ष पनि कर्णाली प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बन्न सफल भएको भन्दै स्वास्थ्य सेवा कार्यालयको सम्पूर्ण टोली, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूलाई धन्यवाद ज्ञापन गरे।

प्रतिकृया दिनुहोस

कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

अनलाइन तहल्का  साउन १५,सल्यान ।   सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार)  निःशुल्क विशेषज्ञ

सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु

अनलाइन तहल्का  साउन ०४,सल्यान।   स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः

हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण

सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद